नवौ अन्तराष्ट्रिय लोक सांस्कृतिक मेलामा ११ देशको सस्कृति

Hollywood Khabar March 10,2018 Comments

काठमाण्डु, २७ फागुन एभरेष्ट नेपाल कल्चरल ग्रुपको आयोजनामा गत फागुन १७ देखि सुरु भएको नवौ अन्तराष्ट्रिय लोक सांस्कृतिक मेला २०७४ शुक्रबार फागुन २६ गते सम्पन्न भएको छ।
पर्यटक कलाकारको स्वागत संत्कार! नेपाली लोक संस्कृतिको आधार !! नाराका १० दिनसम्म चलेको यस मेला नेपाली लोक संस्कृतिको संरक्षण तथा सम्बर्धन गर्र्नेे मूल उदेश्यले आयोजना गरिएको एभरेष्ट नेपाल कल्चरल ग्रुपकी महासचिव शितल आचार्यले बताइन् ।
यस पटकको महोत्सव नेपालको बिभिन्न शहरअहरुमा आयोजना भएको थियो: जस्तै काठमाण्डु, ललितपुर, धादिङ्ग गैंडाकोट र पोखराजस्ता पर्यटकीय क्षेत्रमा नेपाल, इस्टोनिया, कोस्टारिका इन्डोनेसिया, बङगलादेश, भारत, इजरायल, मलेशिय, टर्की, इटली र ग्रिस गरी एघार राष्ट्रका विभिन्न सांस्कृतिक समुहका ३०० भन्दा बढी कलाकारहरुले भाग लिएका थिए । उक्त महोत्सव अवधिभर कलाकारहरुले आ-आफ्नो संस्कृति झल्कने भेष-भुषा लगाई लोक नृत्य, संगित, लोक गीत र पदयात्रासमेत गरेका थिए ।
ऐतिहासिक तथा विश्वसम्पदा सुचिमा सूचिकृत हनुमानढोकाजस्ता पर्यटकीय दरबार क्षत्रमा कार्यक्रम गर्न पाउदा ११ देशका कलाकारहरु अचम्मित परेका थिए।। यस मेला हरेक दुई-दुई बर्षमा आयोजना गरी अन्य मुलुकसँग पनि संस्कृती आदान-प्रदान गरिसकेका छौ मेलाका शाह सम्योजक तथा वरीस्ठ लोक गायक नारायण रायमाझीले जानकारी गरए।
स्थापनाकाल देखि नै यस संस्थाले नेपालको सांस्कृतीक विविधतालाई विश्वसामु प्रस्तुत गरी नेपालको गरिमा बढाउने काम गर्दै आएको छ । नेपालले आफूलाई विश्व समुदायमा प्रस्तुत गर्न थालेको केही दशकमात्र भएपनि यस्ता कार्यक्रमले नेपाली पर्यटन क्षेत्रलाई समेत टेवा पुरर्याउने रायमाझीले भनाइ छ । यद्यपी, नेपालको यी अनौठो सांस्कृितक विविधता अहिलेसम्म ओझेलमा पर्दै आएको र यस स्थितिलाई मध्यनजर गर्दै यस संस्थाले आफ्नो मौलिक लोक संस्कृति झल्कने कार्यक्रमहरु स्वदेश तथा विदेशमा प्रस्तुत गर्दै आएको रायमाझीले बताए।
काठमाण्डु आसपासका विभिन्न विद्यालयमा गई विदेशी कलाकारहरुले आफ्ना सांस्कृतिक प्रस्तुत गरेका थिए भने विद्याथीहरुले समेत सांस्कृतिक प्रस्तुती दिएका थिए । यस किसिमको सांस्कृितक आदान प्रदानको कार्यक्रमले विद्यार्थीमा आपसी व्यक्तित्वको विकास तथा विदेशी कलाकारसंग मित्रताका साथै उनीहरुसँगको आन्तरिक क्रियाकलापमा हौसाला बढ्ने महासचिव आचार्यले विश्वास व्यक्त गरिन्।