८ वर्ष ज्यान मुद्दामा जेल बसेपछि निर्दोष ठहर:हाम्रो नेपालमा

Hollywood Khabar January 30,2017 Comments

कर्तव्य ज्यान मुद्दामा गोरखा जिल्ला अदालत र पुनरावेदन अदालत पोखराबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएका नारायण ढकाललाई मंगलबार सर्वोच्च अदालतले निर्दोष भन्दै सफाई दिएको हो ।
गोर्खा केराबारिका २५वर्सिय ढकालले सर्वोच्चको सफाईपछि  ७ वर्ष ९ महिनामा कारागारबाट मुक्ति पाएका हुन् । सर्वोच्चका न्यायाधीश गोपाल पराजुली र देवेन्द्रगोपाल श्रेष्ठको इजलाशले जिल्ला र पुनरावेदनको फैसलालाई उल्टाउदै ढकाललाई सफाई दिएको हो ।सर्वोच्चले निर्दोष सावित गरेपनि ढकालले भने जेल सजाय भोगिसकेका छन् ।
२०६६ बैशाख १४ गते केराबारी–५ कि मिरा रेग्मीको रहस्यमय तरिकाले मृत्यु भएपछि हत्या अभियोगमा ढकाल जेल चलान भएका थिए ।प्रेम सम्बन्धका कारण ढकालले मिराको हत्या गरेको आशंकामा मुद्दा अघि बढेको थियो । मिराको मृत्यु हुँदा उनको गर्भमा बच्चा थियो ।तत्कालिन जिल्ला न्यायाधीश प्रभा बस्नेतले २०६७ फागुन ३० गते उक्त मुद्दामा ढकाललाई सर्वस्व सहित जन्मकैदको सजायको फैसला गर्नुभएको थियो।
सर्वोच्वको फैसलापछि निर्दोष साबित भएपछि कारागारका कैदीबन्दीले उनलाई अबिर खादा लगाएर बिदाई गरेका हुन् । ८ वर्षपछि निर्दोष साबित भएपनि जेल बसेको क्षतिपूर्ति पाउने कानुनी प्रावधान नेपालमा नभएको कानुन व्यवसायीहरुले बताए