अमेरिकाबाट डिपोर्ट गरिएका ७ जना नेपाली को को थिए, किन भयो डिपोर्ट?

Hollywood Khabar June 07,2017 Comments

अवैध मार्ग हुँदै अमेरिका पुगेका सातजना नेपालीहरुलाई अमेरिकी अध्यागमनले डिटेशनबाट नै डिपोर्ट गरेको छ। डिपोर्ट गरिएका ७ जनालाई विशेष चार्टर्ड जहाजबाट बुधबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पु-याइएको छ।
जहाजबाट ओर्लनासाथ ती सातैजना नेपालीहरुलाई विमानस्थलस्थित अध्यागमन कार्यालयको जिम्मा लगाइएको थियो। डिपोर्ट हुनेमा रामेछापका टासी शेर्पा, रुकुमका तारक पुन मगर र धनीमान बुढा, कास्की पोखराका केशव थापा, कास्की हेम्जाका चित्रबहादुर थापा, मकवानपुरका रवीन्द्र बलामी र बागलुङका अमर बस्नेत छन्।
उनीहरु ९ देखि १६ महिनासम्म अमेरिकी डिटेन्शन सेन्टरमा रहेका थिए। अन्तत अमेरिकास्थित नेपाली दूतावासले ती सबैको नेपाली भएको भेरिफाइ भए पछि नेपाली ट्राभल डकुमेन्ट इस्यू गर्यो। त्यसपछि अध्यागमनले उनीहरुलाई डिपोर्टको प्रकृय अगाडि बढाएको हो।
अमेरिकी कानुन अनुसार कानुनी रुपमा अमेरिका छिरेकाहरुले मात्र अन्य कानुनी उपचरको मौका पाउँछन। यो कुरालाई पछिल्लो पटक ट्रम्प प्रशाशनले कडाइका साथ लागु गरेको छ।
को कसरी रहन गयो र को किन डिपोर्ट भयो भन्ने भन्दा पनि बुझ्नु पर्ने कुरा के हो भने तपाइँसँग भ्यालीड पासपोर्ट या ट्राभल डकुमेन्ट छ भने तपाइलाइ यस्तो अवस्थामा डिपोर्ट गर्ने संभावना बढी रहन्छ। अमेरिकी बाह्रौ सर्किटकोर्टको TPS बारे भएको एउटा नजिर बाहेक अबैध रुपमा अमेरिका छिरेका व्यक्तिहरुलाई अमेरिकी नागरिकसंग बिबाह गरे ता पनि त्यो कानुनी मान्यता हुन्न।
यो एउटा समाचार भन्दा पनि बाँकी नेपालीहरुको रकम दलाल मार्फत अनावश्यक रुपमा खर्च नहोस भन्ने जानकारी पनि हो।मानविय कारण बाहेक यस्तो अवस्थाको केसले असाइलम पाउने सम्भावना पनि कम रहन्छ भन्ने कुरा कानुनका ब्यबसायीहरुले बताउनु भएको छ।