अख्तियारका पूर्व आयुक्त राजनारायण पाठक 

७८ लाख धरौटीमा छुटे अख्तियारका पूर्व आयुक्त राजनारायण पाठक

Hollywood Khabar May 14,2019 Comments

१ जेठ काठमाण्डौ।अख्तियारका दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक विशेष अदालतमा ७८ लाख  रुपैयाँ धरौटी बुझाएर छुटेका छन्। उनी नेपाल बं।गलादेश बैंकमार्फत  बैंक ग्यारेन्टी राखेर छुटेका हुन्। 

नेपाल इन्जिनियरिङ कलेजको मुद्दा मिलाइदिने भन्दै अख्तियार दुरुपयोग अनुसन्धानका पूर्व आयुक्त पाठकले ७८ लाख घुस लिएको समाचार सार्वजनिक भएको थियो।समाचार सार्वजनिक भएसँगै पाठकले आयुक्तबाट राजीनामा दिएका थिए।सञ्चार माध्यममा पाठकले घुस लिएको भिडियो सार्वजनिक भएपछि अख्तियार आफैले पाठकको बारे अनुसन्धान गरेको थियो।

विशेष अदालतमा बुधबार भएको थुनछेक बहसमा पाठकसँग ७८ लाख रुपैयाँ धरौटी माग गरेको हो।पाठकको मुद्दामा विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासमा बयान चलेको थियो।बयानपछि भएको थुनछेकमा उनलाई धरौटी माग्ने निर्णय गरेको हो।  

पाठकसँगै घुस प्रकरणमा प्रतिवादी बनाइएका लम्बोदर न्यौपाने भने फरार छन्।कलेजको मुद्धा मिलाउन भन्दै घुस रकम लिएको भिडियो बाहिरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्ना पूर्वआयुक्त पाठकविरुद्ध चैत १२ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।