तस्बिर साभार वेब

७६ कैदीबन्दी एकसाथ बिरामी

Hollywood Khabar September 20,2019 Comments

५ असोज इलाम।इलाम कारागारका ७६ कैदीबन्दी एकसाथ बिरामी परेका छन्। कारागारका ७२ पुरुष र ४ महिला गरी ७६ जना कैदीबन्दी एकैपटक बिरामी परेका हुन्।यसरी ठुलो संख्यामा कैदीबन्दी बिरामी परेपछि उपचारमा समस्या भएको छ।बिरामीमा ज्वरो आउने, टाउको दुख्ने, रुघाखोकी लाग्ने र बान्ता हुने जस्ता लक्षण देखिएको र उनीहरु करिब ५ दिन अघिदेखि बिरामी परेका कारगार प्रमुख प्रदिप श्रेष्ठले जानकारी दिनु भयो ।

प्रमुख श्रेष्ठले भन्नुभयो ‘एकैपटक ठूलो समूहमा बिरामी परेकाले उनीहरुलाई अस्पताल लैजान समस्या भएको छ । सबै बिरामीलाई एकै पटक अस्पताल लैजान असम्भव भएकाले कारागारमा नै चिकित्सक बोलाएर जाँच भइरहेको कारागारले जानकारी दिएको छ।एक सय पुरुष र २५ महिलाको क्षमता रहेको इलाम कारगारमा अहिले २ सय ३८ पुरुष र २३ महिला कैदीबन्दी रहेका छन् ।