https://www.youtube.com/embed/xhwwP9wcJgM

७४ बर्षीय पवित्र रसाईलीले गाईन तीजको गीत

Hollywood Khabar July 30,2018 Comments

केपि कुमार जलन/बागलुङ
बागलुङ भकुण्डेकी ७४ बर्षिय वृदा महिला पवित्र रसाईलीले तीजको गीत गाएर आफ्नो पुरानो झझल्को मेटाएकी छन्।

अाजा भाेलि धेरै जसाे पुराना गायक गायिकाहरू अावजमा गीतहरू बजारमा कमै सुनिने गरिन्छ। हरिदेवी काेईराला, बिमाकुमारी दुरा, लक्ष्मि न्याैपाने जस्ता पुराना गायिकाहरूकाे अावजमा गितहरू कमै सुनिने गरिन्छ। पछिल्लाे समय नेपाली गित संगितमा अायकाे परिवर्तन र नया प्रतिभाहरूकाे जन्मले पुराना गायक गायिकाहरूका स्वर सुन्न पनि गाराे पर्छ।

बागलुङ भकुण्डेकी एक वृदा महिला पवित्र रसाईलीले तीज गीत मार्फत सुख शान्तीकाे कामना गर्दे सवैले अाटेकाे पूरा हाेस भन्ने सन्देश गीत मार्फत दियकी छन। पछिल्लाे समय काठमाण्डाै लाई कर्मथलाे वनाउदै आएकी पवित्र रसाईलीले साचिकै बर्षदिनकाे तिजकाे झल्काे मेटायकी छिन।

पारिवारीक सदस्य संगै बसेर छाँयाङकन गरिएकाे यो गीतमा बाल प्रतिभा शिक्षा रसाईली र उषा विश्वकर्माकाे मुख्य भुमिका रहेकाे छ। संगितकार विवि अनुरागीकाे संगित, बिजयकुमार सुनारकाे लयमा रहेकाे यश गीतकाे म्युजिक भिडियाेकाे बजार व्यवस्थापन अाेपल अडियाे भिडियाेले गरेकाे छ। चर्चित निर्देशक शिव विककाे निर्देशन, रविन्द्र वरालकाे छाँयाङकन र सम्पादन रविन विकले गरेका छन।