साङ्केतिक तस्बिर:साभार वेब

७२ बर्षीया वृद्धालाई बलात्कार र चोरी गरेको आरोपमा एक युवक पक्राउ

Hollywood Khabar January 19,2020 Comments

६ माघ पाँचथर।७२ बर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा पाँचथरमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।सात वर्षअघि श्रीमानको मृत्यु भएपछि घरमा एक्लै बस्दै आएकी वृद्धालाई माघ ३ गते राति साढे आठ बजे समयमा बलात्कार गरी नगदसमेत चोरी गरेको आरोपमा योञ्जनलाई पक्राउ गरिएको हो।हिलिहाङ–७, सुभाङका २८ बर्षीय मनकुमार योञ्जन रहेका जिल्ला प्रहरी कार्यालयका पाँचथरले जनाएको छ।  

योञ्जनले राति वृद्धाको घरभित्र प्रवेश गरी पटुकामा बेरेर राखेको १४ हजार ३सय ४० रुपैंयाँ नगद, पुराना पैसा राखेको थैलीसमेत चोरी गरी बलात्कार गरेको पीडित वृद्धाको जाहेरीको आधारमा योञ्जनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।पक्राउ परेका योञ्जनमाथि जबरजस्ती करणी र चोरी मुद्धा दर्ता गरी अनुसन्धान भइरहेको पाँचथर प्रहरी प्रवक्ता, इन्सपेक्टर रोमनराज अर्यालले बताउनुभयो ।