साङ्केतिक तस्बिर ;साभार वेब

५ वर्षीया बालिकालाई बलात्कार गर्ने बालक पक्राउ

Hollywood Khabar June 13,2019 Comments

३१ जेठ राजविराज।बिस्कुट खान दिएर फकाउँदै ५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले १३ वर्षीय बालकलाई पक्राउ गरेको छ।ललाइ फकाइ बिस्कुट खान दिइ आफ्नै कोठामा लगेर गत शनिबार ती बालकले बालिकालाई बलात्कार गरेको घटना सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय कञ्चनरुपले बालकलाई पक्राउ गरेको हो।बालिकाले तीन दिनदेखि खाना खान नमान्ने र पेट दुख्ने गरेको बताएपछि उनकी आमाले उपचारार्थ गत सोमबार नजिकैको कञ्चनरुप नगरपालिका ठेलियास्थित धर्मेश्वर अस्पताल लगेकी थिइन्।

अस्पतालका चिकित्सकहरुले पेट दुखेको कारण पत्ता लगाउन नसक्दा शंका मानी स्वास्थ्यकर्मीलाई चेकजाँच गर्न लगाउँदा बलात्कारको सम्भावना देखिएको भनेपछि प्रहरीलाई खबर गरेका थिए। अस्पताल प्रशासनले खबर गरेलगत्तै अस्पताल पुगेका इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्राले पीडित र आरोपित दुबैको प्रारम्भिक वयान लिएको र पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परिक्षण गराएको बताए।उजुरी दर्ता गर्दै आरोपित बालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रनाउ मिश्राले जानकारी दिए । कोठामा खेलिरहेकी बालिकालाई बिस्कुट खान दिइ जबर्जस्ती करणी गरेको कुरा बालकले रुँदै स्वीकारेका छन्।