थपलियाको २०१८ मा आउने उपन्यास फिफ्टी फाइव ईयर्सको सारांश

Hollywood Khabar November 19,2017 Comments

विजय थापा,वाशिंगटन डीसी 
न्युयोर्कमा बस्दै आएका नेपाली मूलका अंग्रेजी पुस्तकका लेखक राजन थपलियाको सत प्रतिसत जीवन ( 100 ०/० Life )को अधिकतम सफलता पछि अर्को अग्रेजी उपन्यास  "फिफ्टी फाइव ईयर्स " को सारांश सार्बजनिक भएको छ l 
उनको अघिल्लो पुस्तक 100 ०/० Life बिदेशी पत्र पत्रिकामा व्यापक चर्चामा छाएको थियो l उनि लेखक भन्दा पाठक भन्न आफुलाई रुचाउने थपलिया को पछिल्लो पुस्तक सत प्रतिसत जीवन ( 100 ०/० Life ) प्रकाशित भए पछि उनि अमेरिका ,क्यानडा र बेलायत ,भारत अन्य देशमा समेत चर्चामा रहेका थिए 
फिफ्टी फाइव ईयर्स (55 years )एक उपन्यासको सारांश हो भने यो पुस्तक कैदीमा आधारित छ l पुस्तक ४३ वर्ष जेल जीवन बिताएर रिहा भएका बन्दीको सेरोफेरोमा लेखिएको हो। लेखक थपलियाका अनुसार यस पुस्तकमा लामो समय जेल जीवन बिताई गह्रौं मन लिएर रिहा भएका डेनियल ज्याक्सनलाई प्रस्तुत गरिएको छ । यो किताब डेनियल ज्याक्सनको जीवन कथाको उत्कृष्ट चित्रण छ l 
१८ बर्षको उमेरमा प्रहरीको हत्या गरेर कारागारमा परेका बु्रकलिनका डानियल ज्याक्सनको बाल्यकालको सपना र उनले भोग्नुपरेको यथार्थबीचको मनोविज्ञानलाई कथामा देखाइएको छ। काल्पनिक पात्र डानियलको आत्मकथालाई कथामा प्रस्तुत गरिएको छ भने कथाको अन्त्यमा आत्मकथा लेखेर मरिसकेका डानियल र उनकी प्रेमिकाबीचको दर्दनाक क्षण समेत चित्रण गरिएको छ ।
यस किताबले जीवनको लागि आशालाई स्पष्ट गर्दछ; यो पुस्तक उनका लागि प्रेरणाको उत्तम स्रोत हुनेछ जसले सोच्दछ "म जीवनमा कुनै पनि काम गर्न सक्दिन निराशा र असफलता भएका मानिसहरूलाई पनि यो पुस्तक द्वारा आनन्दको अनुभूति गर्न या हुन सक्दछन भनि लेखक भन्दछन l 
५५ बर्ष ले यो प्रमाणित गर्दछ कि यदि तपाई जीवनमा केहि गर्न चाहनु हुन्छ भने कुनै पनि उमेरमा तपाई जे पनि गर्न सक्नु हुन्छ l जीवनमा महत्वपूर्ण कुरा भनेको तपाई संग ठुला सपना हुनु पर्छ l यदि तपाई संग ईक्षा शक्ति र साहस छ भने तपाई लाई ईश्वरले पनि रोक्न सक्दैन l  त्यो पुस्तकको सम्पूर्ण दृष्टिकोण हो l 
फिफ्टी फाइव ईयर्स केवल ईपुस्तक मात्र नभई उपन्यास हो l अमेजनमा उपलब्ध यो कथाको मूल्य $ ५ डलर राखिएको छ । ब्रान्स एण्ड नोबल, इबे, एप्पलको आइबुक लगायतमा पनि यो कथा छिट्टै उपलब्ध हुने कथाकार थपलियाले जानकारी दिएका छन् । 
उनको यो फिफ्टी फाइव ईयर्स (55 years ) को सारांश पुस्तक बिधुतिय प्रक्रिया बाट किनेर समेत पढ्न पाइने छ l थपलिया का झन्डै २ सय ५० जति बिदेशी संचार माध्यममा लेखहरु प्रकाशित भै सकेका छन् l युवा लेखक थपलिया २८ बर्ष नपुग्दै ११ वटा अंग्रेजी पुस्तक लेख्न सफल भएका छन् भने उनका अप्रकाशित पुस्तकहरु समेत जोड्दा २२ वटा भएका छन् l उनि खुट्टा चिकित्सा बिज्ञान(फुट मेडिसिन) का बिद्यार्थी हुन् भने आफू लेखन लाई नै आफ्नो पूर्ण पेशा बनाउने ईक्षा समेत जाहेर गरेका छन् l
उनि हफपोस्ट ,दि इलाइट डेली तथा दि न्युयोर्क सिटि पोस्ट मा नियमित लेख लेख्दछ l