-नेकपाका महासचिव बिष्णु पौडेल

१५ मिनेट ढिलोहुँदा चार नेताले बैठक बहिस्कार गरे -महासचिव बिष्णु पौडेल

Hollywood Khabar December 07,2018 Comments

२३ मंसिर काठमाडौं।नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव बिष्णु पौडेलले १५ मिनेट ढिलोहुँदा बैठक बहिस्कार गर्ने चार नेताको हर्कत बुझी नसक्नु भएको बताएका छन्।महासचिव पौडेलले शनिबार बालुवाटारमा डाकिएको सचिवालय बैठक नेकपाका चार शीर्ष नेताले किन बैठक बहिस्कार गरेभन्ने कुरा बुझी नसक्नु भएको बताएका हुन् ।महासचिव पौडेलले बैठककक्षमा माधव नेपाललाइ अध्यक्षद्वय अर्को कोठामा परामर्शमा हुनुहुन्छभन्ने जानकारी दिएपछि नेपाल लगायतका ४ नेता एक्कासी  बाहिरिएपछि अचम्मित भएको बताए।महासचिव पौडेललेअध्यक्षद्वय बैठककक्षमा आउँदै गर्दा उदयपुरका पुर्व सांसद क्यान्सरपीडित एकल महिला मणि खम्बूको स्वास्थ्य स्थितिबारे जानकारी लिंदा १५ मिनेट ढिलो हुँदा  चार नेता  बाहिरिएको बताए ।