तस्बिर वेब

४० प्रतिशतसम्म ट्राफिकको प्रोत्साहन भत्तामा बृद्धि

Hollywood Khabar April 17,2019 Comments

५ बैशाख काठमाडौं।सरकारले ट्राफिक प्रहरीको प्रोत्साहन भत्ता भत्ता ४० प्रतिशतसम्मले वृद्धि गरेको छ।वैशाख २ मा बसेको मन्त्रिपरिषद्को बैठकले ट्राफिक प्रहरीको प्रोत्साहन भत्ता व्यवस्थापन निर्देशिका २०७५ लाई स्वीकृत गरेको छ।

स्वीकृत गरिएको निर्देशिकामा ट्राफिक प्रहरीको भत्ता तलबअनुसार ४० प्रतिशतसम्म वृद्धिको व्यवस्था गरिएको छ।निर्देशिकाअनुसार ट्राफिक प्रहरी जवान र हवल्दारको ४० प्रतिशत, असई र सईलाई २० प्रतिशत, इन्सपेक्टर र डीएसपीलाई १० प्रतिशत भत्ता वृद्धि हुने भएको छ ।