-३ एनसीसीलाइ गैरआवासीय नेपाली संघको कोभिड १९ राहत कोषबाट रकम दिने निर्णय

३ एनसीसीलाइ गैरआवासीय नेपाली संघको कोभिड १९ राहत कोषबाट रकम दिने निर्णय

Hollywood Khabar April 23,2020 Comments

गैरआवासीय नेपाली संघको कार्यकारी सचिवालयले ३ वटा एनसीसीहरुलाई तत्काल राहत दिने निर्णय गरेको छ।

संघका प्रवक्ता डिबी क्षेत्रीका अनुसार संघको कार्यकारी सचिवालयले कोभिड-१९ राहतका लागि रकम निकासा गर्ने निर्णय गरेको छ। सम्वन्धित राष्ट्रिय समन्वय परिषदह्सरुले संघका कोषाध्यक्ष महेश श्रेष्ठसँग सम्पर्क गरि सो रकम लिएर आवश्यक व्यक्तिहरुलाई राहत दिनेछन।

कोभिड १९ बाट पिडितहरुलाई नगद रकम वितरण नगरी एनसिसिहरुले खाध्यान्न खरिद गरी वितरण गर्न समेत अनुरोध गरिएको छ। राहत वितरण सम्वन्धी कार्यविधी तयारी हुने अवस्था रहेको छ। उक्त कार्यविधी तयार नहुन्जेल सम्म कोषाध्यक्षसँगको परामर्श गरी राहत वितरण गरिने छ।

तत्काल निकास गरिएका तीन एनसीसीहरुमा:

१. गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषद साईप्रसलाइ ३ हजार अमेरिकी डलर

२. गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषद युएईलाइ ५ हजार हजार अमेरिकी डलर

३. गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषद कुवेतलाइ ५ हजार हजार अमेरिकी डलर

नोट: संघको www.nrna.org/donate लिंकलाइ क्लिक गरेपछि तपाइले आफ्नो इच्छाले सकेको रकम डेबिट या क्रेडिट कार्ड प्रयोग गरेर डोनेट गर्न सक्नु हुनेछ।

कृष्ण के सी

उपसंयोजक

संचार तथा प्रकाशन समिति, गैरआवासीय नेपाली संघ

अप्रिल २४, २०२०