Mr Gouri Raj Joshi, NRNA ICC, Regional Coordinator.The Americas

NRNA:अमेरिकाको कन्फ्लिक्ट छानविन गर्न तीन सदस्य कमिटी बनाउँछु-आरसी जोशी

Hollywood Khabar May 07,2019 Comments

कृष्ण के सी/अमेरिका/५/८/१९

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) का द अमेरिकाज (उत्तर र दक्षिण अमेरिका) क्षेत्रका क्षेत्रीय संयोजक गौरी राज जोशीले एनआरएनए एनसीसी अमेरिकाको कन्फ्लिक्ट संबन्धि छानविन गर्न तीन सदस्य कमिटी बनाउने कुरा बताएका छन्।

मे ८, २०१९ मा भएको उत्तर अमेरिका क्षेत्रको बैठक पछि हलिउडखबरसंग कुरा गर्दै जोशीले उक्त कुरा बताएका हुन्। एनआरएनए एनसीसी अमेरिकाको सदस्यता, संघको वर्तमान वेबसाइटको भेण्डर र टेण्डर संबन्धि कुरा, निर्वाचन आयोगमा दिइएको सदस्यता र पंजीकृत सदस्यबीच कुनै फेरवदल भए या नभएको, सदस्यता भेरिफिकेशन कमिटीमा रहेका व्यक्ति स्वयं उम्मेद्वार हुन मिल्ने या नमिल्ने भने जस्ता विवादित बिषयमा छानविन गर्न परेको अनुरोध माथि छलफल हुँदा सो निर्णय गरिएको हो, संयोजक जोशीले भने।

यदी यो छानविनबाट कुनै गल्ति या नियत भएको ठहरिएमा एनआरएनए एनसीसी अमेरिकाको निर्वाचनमा प्रभाव पर्नेछ। त्यो नाघेर गएमा निर्वाचनपछि आइसीबाट लिनुपर्ने संबन्धन रोक्ने अधिकार आफ्नो अधिकार क्षेत्रमा पर्ने भएकोले सो निर्णय गर्ने कुरा पनि जोशीले जानकारी दिए।

यदि क्षेत्रिय संयोजक जोशीले निर्वाचन पछि निर्वाचन निष्पक्ष नभएको भन्दै लेटर अफ रिकग्नेशन दिन रोकीदिए भने एनआरएनए एनसीसी अमेरिकाको नयाँ तदर्थ समिति बन्ने अवस्था आउन सक्छ।