तस्बिर वेब

३५ वर्ष उमेर पुगेका अविवाहित,सम्बन्ध विच्छेद भएका र पति बेपत्ता भएका महिलालाई विशेष सामाजिक सुरक्षा भत्ता दिईने

Hollywood Khabar February 09,2019 Comments

२८ माघ काठमाडौं।काभ्रेको पनौती नगरपालिकाले संघीय सरकारद्वारा निर्धारित मापदण्डमा नपरेका महिलालाई पनि लाभ ग्राहीको दायरामा ल्याई विशेष सामाजिक सुरक्षा  भत्ता दिने निर्णय गरेको छ। नगरपालिकाको यस योजना अन्तर्गत ३५ वर्ष उमेर पुगेका अविवाहित,सम्बन्ध विच्छेद भएका र पति बेपत्ता भएका महिलालाई लाभग्राहीका रूपमा समेटिएको हो।
‘संघीय सरकारले अविवाहित र सम्बन्ध विच्छेद भएका महिलालाई ६० वर्ष पुगेपछि मात्रै सामाजिक सुरक्षा भत्ता पाउने योग्य मानेको छ।

यस्तै लामो अवधिसम्म पति बेपत्त भएका महिलाको हकमा केही व्यवस्था छैन,’नगरप्रमुख भीम न्यौपानेले भने,‘हामीले संघीय सरकारको मापदण्डमा नपरेका महिलालाई समेत सामाजिक सुरक्षा भत्ताको दायरामा ल्याएर लाभग्राहीको सूचीमा राख्ने भएका छौं।’