३०वर्षे युवाद्वारा ३५वर्षीया महिला बलात्कार

Hollywood Khabar September 22,2018 Comments

८ असोज पाँचथर।मिक्लाजुङ गाउँपालिकामा ज्यान मार्ने धम्कि दिएर ३० वर्षीय युवकले ३५ वर्षीय महिलालाई बलात्कार गरेका छन्।घरमा श्रीमान नभएको अवस्थामा धम्कि दिएर बलात्कार गरेको आरोपमा ती युवकलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ।

आफू घरमा नभएको मौका छोपि श्रीमतीलाई बलात्कार गरेको भन्दै महिलाका श्रीमानले प्रहरीमा उजुरी दिएका थिए।उजुरीकै आधारमा ती युवकलाई पक्राउ गरिएको पाँचथर प्रहरीले जनाएको छ।

असोज महिना लागेपछि पाँचथरमा दुई महिला बलात्कारको घटना सार्वजनिक भएको छ।यसअघि असोज २ गते १२ वर्षीय बालिकालाई ललाई फकाई करणी गरेको आरोपमा इलाम श्रीअन्तुका ४९ वर्षीय एक पुरुष पक्राउ परेका थिए।

पक्राउ परेका दुवैजनामाथि जबरजस्ती करणी अपराध अन्तर्गत मुद्धा दर्ता गरी अनुसन्धान भैरहेको पाँचथर प्रहरीले जनाएको छ।