गाँजालाइ २९ राज्यद्धारा कानुनी रुपमा मान्यता प्रदान

Hollywood Khabar January 18,2018 Comments

कृष्ण के सी/अमेरिका
अमेरिका मात्र होइन विश्वमा नै सबै भन्दा बढी चर्चामा रहेको गाँजालाइ अमेरिकाका २९ वटा राज्यहरुले कानुनी मान्यता दिएका छन्। यसका अलावा वाशिंगटन, डिस्ट्रिक्ट अफ कोलम्बिया (DC) लगायात अरु ८ राज्यहरुले पनि तत्काल रिक्रियशनको रुपमा प्रयोग गर्न मान्यता दिएका छन्। 
५० मा २९ राज्यहरुले मान्यता दिने अनि ८ भन्दा धेरै थप राज्यहरुले रिक्रियशनको रिपमा प्रयोग गर्न मान्यता दिएता पनि अमेरिकी फेडरल सरकारले भने यसलाई अझै कानुनी स्वीकृति दिएको छैन। ९० को दशक देखि उठेको गाँजालाई कानुनी गर्ने कुरा अझै पूरा भने भएको छैन। फेडरल र राज्यबीचको यो कानुनी कन्फ्लिक्टले गर्दा राज्यहरुमा एक किसिमको ध्रुवीकर भएको छ।
यस बिषयमा माइक्रोसफ़्ट नेटवर्कले ७ लाख व्यक्तिहरुमा गरेको अध्ययन अनुसार ९०% देखि ९७% व्यक्तिहरुले यसलाई कानुनी मान्यता दिनुपर्ने मत जाहेर गरेको कुरा बताइएको छ। गाँजाको माग आगो जस्त चर्को भएता पनि यसको प्रयोगले नयाँ पुस्ताको क्षिक्षा, रोजगारी लगायतका कुराहरुमा असर पर्ने कुरा फेडरल प्रशाशनको बुझाइ छ।