वर्षाको कारण २९ जिल्लामा २,१५३ घरहरु आाशिक क्षती, ६४ मृत: रेडक्रस

Hollywood Khabar August 12,2017 Comments

गएको दुइहप्तामा वाढी र पहिरोको कारण मुलुकका विभिन्न स्थानमा ६४ जनाको ज्यान गएको छ । त्यस्तै, ४४ जना घाइते भएका र १६ जना हराइरहेका छन् । वाढी तथा पहिरोले १९ हजार ८ सय १९ परिवार प्रभावित भएका र झण्डै दुइहजार परिवार विस्थापित हुन पुगेका छन् । विपद्को कारण २९ जिल्लामा २ हजार १ सय त्रिपन्न घरहरु आाशिक क्षती भएका छन् भने ७ सय अठ्ठाइस घर पूर्ण क्षति भएका छन् । यो दुइहप्तामा ४ सय ४५ रेडक्रसका स्वयासेवकहरु सेवार्थ खटाइएको छ ।
गएको दुई दिनको अविरल वर्षा गत दुइ दिनको अविरल वर्षाको कारणमात्र कम्तिमा ३० जनाले ज्यान गुमाएको प्रारभ्भिक अनुमान छ । ४ हजार घर डुवानमा परेका छन्। रेडक्रसका झापा, मोरङ, सुनसरी, सिरहा, सर्लाही, बारा, ललितपुर, सिन्धुली, पााचथर, सप्तरी, बााके, दाङ र बर्दिया लगायतका शाखाहरुबाट तत्काल सहयोग सुरु गरिएको र १५० वढी उद्यारकर्मी, प्राथमिक उपचारक तथा रेस्पोन्स स्वयासेवकहरु खटिएका छन् । ती स्वयासेवकहरुले मानिसहरुलाई स्थानान्तरण, प्राथमिक उपचार र सामग्री ओसार पसारमा सहयोग गरेका छन् । नेपाल रेडक्रसको केन्द्रीय कार्यालयमा आपत्कालीन अपरेसन केन्द्रलाई सक्रिय बनाइएको छ । जिल्ला जिल्लामा पनि स्थानीय विपद् व्यवस्थापन समितिको निकटमा रही आपत्कालीन टोली सक्रिय बनाइएको छ ।
झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, बााके, बर्दिया, दाङ, सर्लाही, बारा, पाल्पा, सिन्धुली जिल्लाहरु वढी प्रभावित भएका नेरेसो विपद् व्यवस्थापन विभागले तयार गरेको प्रारम्भिक प्रतिवेदनमा जनाइएको छ । अविरल वर्षाको कारण प्रभावितहरु समक्ष पुग्नै समस्या भएको छ । कतिपय स्थानमा जाने बाटो लगायत विद्युत आपूर्ति र सञ्चार सम्पर्क विच्छेद भएको छ ।
आज केही स्थानमा त्रिपाल तथा तयारी खानेकुराको सहयोग पनि उपलव्ध गराइएको छ । जिल्लाहरुमा नपुग ९ सय ३१ परिवारलाई पुग्ने गैर खाद्य सामग्री तथा ८ सय अतिरिक्त त्रिपालहरु केन्द्रीय गोदामघरहरुबाट जिल्लाहरुमा पठाइसकिएको छ । आजै क्षेत्रीय गोदामघरबाट ३०० थान त्रिपाल सर्लाही र बारामा वितरणको लागि पठाइएको छ । भारदेऊ ललितपुरमा आज राहत सामग्री वितरण गरिएको ललितपुर शाखाका सभापति बेखामान व्यन्जनकारले जानकारी दिनुभयो । सिरहाबाट अशोक यादवले दिनुभएको जानकारी अनुसार कम्तिमा ५० बस्ती डुवानमा परेका छन् । सिरहाको लाहन, औराही, निर्दना, इटारी पर्साही कल्याणपुर क्षेत्र वढी प्रभावित भएको र कम्तिमा २०५ परिवार विस्थापित भएका छन् । यसबाट ९०० जना प्रत्यक्ष प्रभावित बनेका छन् । अबस्थाको बारेमा बर्दियाबाटे पठाउनुभएको जानकारी अनुसार बर्दियाको ठाकुरद्धारा, बाासगढी र वारबर्दिया नगरपालिका तथा बडैयाताल गााउपालिका वढी प्रभावित भएको सुचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो । त्यहाा ३ जना घाइते, एकजना हराइरहेको र १०३० जना विस्थापित भएको अवस्था छ । १६ घरधुरी पूर्ण क्षती भएका छन्। उता बाकेमा शाखा प्रमुख निरन्जना मल्लले जानकारी दिनुभएको छ ।
सुरक्षित व्यवहार अपनाउन अनुरोध :
अहिलेको अवस्थालाई दृष्टिगत गर्दै वीवीसी नेपाली सेवासागको कुराकानीमा नेपाल रेडक्रसका अध्यक्ष सञ्जीव थापाले भन्नुभयो : आपत्कालीन अवस्थामा जीवन रक्षा नै महत्वपूर्ण हुन्छ । पहिले आफू सुरक्षित भई निस्कने, त्यसपछि सुरक्षित स्थानमा जाने, मोवाइल वा अरु कुनै तरीकाले छिमेकी, रेडक्रस वा सरकारी निकायमा सम्पर्क गरेमा वाढी वा पहिरोको अवस्थामा ज्यान जोगाउन सहज हुनसक्छ । यस्तो बेला पिउने पानी र स्वास्थ्यको पनि निकै ख्याल गर्नुपर्दछ ।

PRESS RELEASE 

Red Cross responds as floods and landslides affect 100,000 people in Nepal

 Kuala Lumpur / Kathmandu / Geneva, 13 August 2017 — Red Cross volunteers and emergency teams are searching for survivors as flash floods and landslides have submerged thousands of homes in several parts of Nepal, mostly in the south of the country. The floods and landslides have claimed at least 53 lives over the past three days, in the Terai region bordering India and other areas of Nepal, according to the Government of Nepal. Dozens more are missing or injured.

 “We are urgently rushing help to the survivors. Hundreds of volunteers from Nepal Red Cross Society are working with local people, local security forces and emergency teams to rescue people and evacuate them to safety,” said Dev Ratna Dhakhwa, Secretary General, Nepal Red Cross Society.

The flooding and landslides have cut communications and electricity in many affected areas. Many roads are submerged or covered by debris from landslides, providing further challenges to rescue efforts. “Monsoon rains and floods in the past two weeks have affected more than 100,000 people. First aid and relief supplies have been provided around the clock by hundreds of volunteers from the Nepal Red Cross Society,” said Mr Dhakhwa.

“We are distributing relief supplies, including tarpaulins, cooking utensils, food and water to those suffering and displaced people whose homes have been damaged or destroyed, including women, children and the elderly,” Mr Dhakhwa explained. The Nepal Red Cross Society is also working with local authorities to warn thousands of people of further threats from rising rivers and further landslides. Most of the rivers in Nepal have risen to dangerous levels due to recent heavy rainfall. The rain is expected to continue in the coming days according to the Nepal Meteorological Forecasting Division, raising fears that the rivers will threaten to wash more villages away.

For more information, contact:

In Nepal

 Dibya Raj Poudel, Head of Communications, Nepal Red Cross Society

Mob: +977 9851191968

 Dharma Raj Pandey, Head, Disaster Management Department, Nepal Red Cross Society

Mob: +977 9851130168, dharma.pandey@nrcs.org

 In Kuala Lumpur

 Antony Balmain, Communications Manager, Asia Pacific

Mob: +60 122308451, antony.balmain@ifrc.org  

 In Geneva

 Matthew Cochrane, Manager, Media and Advocacy/Spokesperson

Mob: +41 79 251 8039, matthew.cochrane@ifrc.org

 For the latest updates, follow @IFRCAsiaPacific on Twitter