साङ्केतिक तस्बिर:साभार वेब

२५ हजार घुस माग्ने सबइञ्जिनियर पक्राउ

Hollywood Khabar August 17,2019 Comments

१ भाद्र,काभ्रेपलाञ्चोक।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बनेपा नगरपालिका ११ का सबइञ्जिनीयर आकाश श्रेष्ठलाई भूकम्प पीडितको किस्ता निकासीका लागि स्थलगत निरीक्षण प्रतिवेदन तयार पार्ने क्रममा सेवाग्राहीसँग घुस लिएको अभियोगमा पक्राउ गरेको छ।आयोगका अनुसार भूकम्पले क्षति भएको घर निर्माणका लागि सरकारले प्रदान गरेको राहतको किस्ता निकासीका लागि सेवाग्राही सँग २५ हजार घुस मागेको उनीमाथि अभियोग छ।आयोगका टोलीले सबईञ्जिनियर श्रेष्ठलाई बनेपास्थित दि किचन भान्साघरबाट आइत बार पक्राउ गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

यस्तै आयोगले राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र टेकुका जनस्वास्थ्य अधिकृत रामअवतार गुप्तासमेत दुई जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। बोलपत्रमार्फत स्वास्थ्य सन्देशमूलक विज्ञापन प्रकाशन र प्रसारण गरेबापत एक सेवाग्राहीसँग एक लाख घुस मागेको उनीहरूलाई आरोप लगाइएको छ। आयोगका अनुसार गुप्ताले लिएको घुस डा भक्तबहादुर केसीको समेत मिलेमतो रहेको पाइएको छ। आरोपीद्वयलाई जनही  एक लाख बराबरको बिगो असुल गरी हदैसम्मको कारवाहीको माग गरिएको छ।