साङ्केतिक तस्बिर:साभार वेब

बितेको २४ घण्टामा ३३४ कोरोना संक्रमित थपिएसंगै संक्रमितको संख्या २६३४ पुग्यो

Hollywood Khabar June 03,2020 Comments

२२ जेठ काठमाडौँ।नेपालमा गत २४ घन्टामा नेपालमा ३३४ नयाँ कोरोना भाइरस संक्रमितहरु थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार मोरङका २, पर्साका १, झापाका ५, ताप्लेजुङका १, सुनसरीका १, सप्तरीका १३, बाराका १२, सिन्धुलीका १, रौतहटका ६५, म्याग्दीका १,बागलुङका १०,पर्वतका ४, स्याङजाका १, डोटीका ३, बाँकेका ४२, कपिलवस्तुका २९, दाङका १५, मुगुका १, दैलेखका ११३, खोटाङका ३, धनुषाका ६, महोत्तरीका ३, सर्लाहीका ३ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या २६३४ पुगेको छ।आज थपिएका संक्रमितहरु ३१९ जना पुरुष र १५ जना महिला छन्। यस्तै संक्रमित जिल्लाको संख्या ६५ पुगेको छ। साथै देशभर संक्रमित भएकाहरु मध्य २४५० पुरुष छन् भने १८४ महिला छन्।