-Krishna KC

गैरआवासीय नेपाली संघमा रुपान्तरण: ३, २१ सदस्य कार्यकारी सचिवालय

Hollywood Khabar December 03,2020 Comments

कृष्ण के सी, अमेरिका/१२/३/२०

गैरआवासीय नेपाली संघ (एनआरएनए) मा रुपान्तरणका कुरा नियमित रुपमा उठाउने क्रममा आज तेश्रो शृंखलामा २१ सदस्य कार्यकारी सचिवालय अर्थात आइइएस बनाउने करा प्रस्ताव गरेको छु। यसो हेर्दा यो प्रस्वाव जम्बो देखिएता पनि अनावश्यक भने छैन।

एनआरएनएको बिस्तारसँगै यसको सचिवालय पनि बढाउनु जरुरी देखियो। नीतिगत धेरै कुरा कार्यकारी सचिवालयमा बनाउने र अन्तराष्ट्रिय परिषदमा लगेर छलफल गर्दै समय सापेक्ष गराउन पनि यसको विस्तार गर्नु जरुरी देखियो। संघका मुद्धा थपिएका छन्, कामका प्रकृति बढेका मात्र होइन फरक स्वरुपक पनि भएका छन्। त्यसैले पनि यसलाई बढाउनु आवश्यक देखियो।

त्यसैले गैरआवासीय नेपाली संघको कार्यकारी सचिवालय २१ सदस्य बनाउन एउटा प्रस्ताव गरेको छु। नयाँ २१ सदस्य संरचनामा कार्यकारी सचिवालय यस्तो हुनेछ:

१. अध्यक्ष -१

२. बरिष्ठ उपाध्यक्ष-१

३. उपाध्यक्षहरु-६ (३ महिला अनि ३ पुरुषका लागि आरक्षित गर्ने, एकले अर्को जेण्डरको सिटमा प्रतिस्पर्धा गर्न नपाइने)

४. महासचिव- १

५. सचिव- ६ जना (३ महिला अनि ३ पुरुषका लागि आरक्षित गर्ने, एकले अर्को जेण्डरको सिटमा प्रतिस्पर्धा गर्न नपाइने)

६. कोषाध्यक्ष- १ (अर्थ नीति, श्रोत बिकास, बजेट बनाउने, प्रोजेक्ट एडप्शन हेर्ने, फिनान्सियल कन्ट्रोल, अन्तरिक आडिटरसँग काम गर्ने, प्रफिट-लस हेर्ने)

७. सह-कोषाध्यक्ष-१ (दैनिक लेखा, प्रशाशनिक खर्च हेर्ने)

८. प्रवक्ता- १ (योग्यता तोक्ने, अध्यक्षका प्रत्यासीको चुनाव प्रचारमा संचार प्रमुख भएर काम गरेका व्यक्ति नै निर्वाचित अध्यक्षका प्रवक्ता बनाउन पहिला नै घोषणा गर्ने)

९. सहायकप्रवक्ता-१ (योग्यता तोक्ने, अध्यक्षका प्रत्यासीको चुनाव प्रचारमा संचारको सहायक प्रमुख/ लेखन तर्फ काम गरेका व्यक्ति नै निर्वाचित अध्यक्षका सहायक प्रवक्ता बनाउन पहिला नै घोषणा गर्ने)

१०. महिला संयोजक- १

११. युवा संयोजक-१

जम्मा २१ जना

संबन्धित सन्दर्भका अघिल्ला लेखनहरु:

गैरआवासीय नेपाली संघमा रुपान्तरण: २, सह-प्रवक्ता र क्षेत्रीय संचार संयोजक

https://www.hollywoodkhabar.com/nrna-reformation-3kindmembership

गैरआवासीय नेपाली संघमा रुपान्तरण:१, तीन प्रकारका सदस्यता

https://www.hollywoodkhabar.com/nrna-reformation-3kindmembership