२०बर्षे पुराना गाडी चलाउन ५ बर्ष म्यादथप प्रस्ताव

Hollywood Khabar September 18,2018 Comments

४ असोज काठमाडौं ।मुलुकभर सबभन्दा बढी पुराना गाडी उपत्यकामा गुड्छन्। ट्राफिक प्रहरीका अनुसार उपत्यकाका तीन जिल्लामध्ये सबैभन्दा पुराना गाडी लतिलपुरमा चल्छन्।विशेष गरेर शैक्षिक संस्था, सरकारी कार्यालय र अस्पतालका बस पुराना छन्।थोत्रा गाडीबाट निस्कने कार्ब मोनोअक्साईडको मात्रा बढी भएर वातावरण प्रदुषण भई बिरामीको संख्या बृद्धि भएको वातावरणविद् तथा चिकित्सकको प्रतिवेदन छ।

पार्टपुर्जा कमजोर र यात्रुको चाप हुँदा बढी दुर्घटना र अपाग, अशक्त र महिला सिटको दुरुपयोग भएको सरकारी तथ्यांक छ।४ बर्षअघि सरकारले मुलुकबाट २० बर्षे पुरना गाडी हटाउने निर्णय गर्यो।यातायात व्यवस्था विभागले २०७३ चैतदेखि उपत्यकामा २० वर्ष पुराना गाडी चल्नमा रोक लगायो।

यसले लगनखेल चापागाउँ र चापाखेल रुटमा चल्ने २० देखि ५१ बर्षसम्म्का पुराना बस विस्थापित पनि भए।तर,अहिले विभागले व्यव्यसायीको दबाबमा २०७१ बर्षभित्र २० बर्ष पुराना गाडी हटाउने निर्णयलाई कार्यन्वयनको सट्टा उल्टो ५ बर्ष म्याद थप गर्न मन्त्रालयमा प्रस्ताव गरेको छ।