साङ्केतिक तस्बिर

२०० देशमा कोरोना सङ्क्रमण: अहिलेसम्म ७ लाख ८३ हजार २ सय ७७ जनामा कोरोना सङ्क्रमण

Hollywood Khabar March 29,2020 Comments

१८ चैत्र काठमाण्डौ।कोरोना भाइरस (कोभिड १९) का कारण २०० देश प्रभावित भएका छन्।विश्वका दुई सय देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएको कोरोनाका कारण अहिलेसम्म ७ लाख ८३ हजार २ सय ७७ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यस मध्ये १ लाख ६४ हजार ७ सय ५३ जना उपचारपछि निको भएका छन् भने ३७ हजार ७ सय ४४ जनाको ज्यान गएको छ ।

गएको २४ घण्टामा स्पेनमा सबैभन्दा धेरै ९ सय १३ जना, इटलीमा आठ सय १२ जना र फ्रान्समा चार सय १८ जनाको ज्यान गएको छ । यो सँगै इटलीमा मात्रै कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय ९१ पुगेको छ।यस्तै स्पेनमा सात हजार सात सय १६ जना, फ्रान्समा तीन हजार २४ जनाको ज्यान गएको छ ।अमेरिकामा पनि कोरोनाका कारण ३ हजार १ सय २७ जनाको ज्यान गएको छ । श्रोत बिबिसी