Nepal Police

२० प्रहरी नायव निरीक्षक (डीआईजी)को सरुवा

Hollywood Khabar February 21,2017 Comments

गृहमन्त्रालयले नेपाल प्रहरीका २० प्रहरी नायव निरीक्षक (डीआईजी) को सरुवा गरेको छ। मन्त्रालयले गत सोमबार गरेको सरुवाको सूची प्रहरी प्रधान कार्यालयले आज सार्वजनिक गरेको छ।
जस अनुसार ट्राफिक प्रहरी महाशाखामा रहेका प्रकाश अर्याललाई प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अ. नि. ब्यूरोमा सरुवा गरिएको छ। बमबहादुर भण्डारीलाई विशेष ब्यूरोबाट महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको छ। अख्तियारमा कमल सिंह बमलाई सरुवा गरिएको छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पंकज श्रेष्ठलाई सरुवा गरिएको छ।