-सांकेतिक तस्विर

ट्रकको ठक्करबाट २ जना भारतीय तीर्थयात्रीको मृत्यु, ९ घाइते 

Hollywood Khabar June 10,2019 Comments

२८ जेठ, रौतहट ।रौतहटको पौराइमा बस र ट्रक ठोक्किँदा दुई जना भारतीय तीर्थयात्रीको  मृत्यु भएको छ भने  ९ जना घाइते भएका छन ।काठमाडौंबाट जनकपुरतर्फ गइरहेको ना.६ ख. ९०३० तीर्थयात्री बोकेको बस रौतहटको चन्द्रपुर नगरपालिका–१, मा रोकी राखेको बेला को. १ ख २६२५ नम्वरको ट्रकले पछाडिबाट ठक्कर दिँदा २ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ ।

ट्रकको ठक्करबाट उडिसा राज्यको उपरा साही नयरखण्डाला मन्दिर जागामारा भुवनेश्वर खोडदाहाका ५२ वर्षीय विजयकुमार जेना र ५४ वर्षीय चरण विशालको घटनास्थलमा ज्यान गएको रौतहट प्रहरीका डीएसपी नवीन कार्कीले बताए।मृतक दुवै जनाको शव चन्द्रनिगाहपुरस्थित सरकारी अस्पतालमा राखिएको छ भने घाइतेमध्ये ६ जनाको चन्द्रपुरमा र ३ जनाको वीरगञ्जमा उपचार भइरहेको छ ।बसमा भारतको उडिसा राज्यका ६० तीर्थ यात्रु सवार रहेको प्रहरीले जनाएको छ।