खप्तडी

बलात्कार, चित्कार, आशा र भरोसा माथि १८ करोडको भूकम्प : खप्तडी

Hollywood Khabar November 24,2018 Comments

दिक्षा बस्नेत-खप्तडी
मुलुककै दोश्रो र महिलाहरुमा पहिलो सम्माननीय राष्ट्रपति विधा भण्डारीलाई धेरै नेपाली चेलीहरुले सलाम मात्र होइन न्यायीत आखाँले उदाहरणको रुममा लिन्छन। औसत महिलाहरुको झुकाव उहाप्रति उच्च देखिन्थ्यो। राजनीतिक उत्तार चडाबसंगै उहाँको चुनौतिपूर्ण जिबन र एक्लो संघर्षको विषम परिबेशमा जितेको त्यो सम्माननीय पदको अर्थमा। यति मात्र होइन दक्षिण एसियामा नै एउटा महिला राष्ट्रपतिको रुपमा उदाहरण लिन्थे।

छोटो समयमै मदन भण्डारीसंगको जिबनमा पुर्णबिराम लागेपनि मदनले नै प्रतिपादन गरेको जनताको बहुदलीय शिधान्तमा एमालेको राजनीति अडेको छ। त्यहि जडमा इमान्दार देखाएकी भण्डारी फेरि पनि दोहोर्याएर राष्ट्रपतिमा चयन हुनुभएको छ।

अर्को कुरा जो मुलुकको सर्बोच्च पदमा आशिन हुनासाथ दासढुंगा घटनाले स्थान पाउने छ भन्ने जनताको बिश्वास र चाहना पनि थियो। तर विडंवना, पत्नी विधा रास्ट्रपति उनैका राजनीतिक सहयोद्दा केपी ओली प्रधानमन्त्री भएको यो संयोगमा पनि दासढुंगा हत्याकाण्डको फाइल बाहिर आएन भने त्यो हत्याकाण्डको अनुसन्धानको कथा अब फेरी कहिल्यै दोहोरिने छैन।

मुलुकका सबै नागरीकको अभिभाबक्त्व बोकेर अघि बढ्ने अबसर नेपाली महिलाहरुका लागी सानो गौरवको बिषय होइन। उहाँले क्यान्सर जस्तो अकाट्य रोगलाई द्रिढ-इच्छा शक्तिको बलले परास्त गरी पुनर्जिबन पाउन सफल हुनुभयो। देश र उहाको तत्कालिन पार्टीले उहाँलाई बचाउन गरेको आर्थीक र अन्य सहयोग त यति नै भनेर किटान गर्न त यो पंक्तिकार सक्दिन। तर जुन सहयोग गर्यो, जनताकै पसिना र रगतको मूल्य थियो र साथमा मदन भण्डारीको अमिट छाप थियो।

भनिन्छ कि राजनीति सधै सरल रेखाबाट गुज्रदैन। तर नेपाल जस्तो पितृसतात्मक सस्कारको जरा गाडिएको मुलुकमा बिद्या भण्डारी राष्ट्रपति हुने भन्दा आशा लाग्दो र उत्कृष्ट उदाहरण अन्यत्र कहीं पनि पाइंदैन।

यी सबै भूमिका बाँधेर मैले उहालाई सम्मानबाट झारेको होइन। तर अहिले उहाले राष्ट्रसंग माग गरेको सुबिधाको चौतर्फी बिरोध र आलोचना सुन्दा सिंगो नेपाल आमा नै लज्जित हुन्छिन कि भन्ने मेरो सोचाइ हो। किनकि, मुलुक कुन दिशामा गैरहेको छ, घांटीले कत्रो हाड निल्न सक्छ भन्ने कुरा अंदाज गरेर मात्र आफ्ना माघहरु तेर्स्याउनु जात्ति हुन्छ।

हो, अवश्य पनि राष्ट्रपतिलाइ देशले सुरक्षित बनआउनुपर्छ, सबारी साधन र अन्य आबश्यक कुरा दिनुपर्छ। तर कतिसम्मको राष्ट्रको ढुकुटिले धान्न सक्छ भन्ने कुरा आंकलन गर्नुपर्छ। हिजो भयाबह रोग लागेको थियो, त्यसमा मुलुकले उहाँलाई बचायो, त्यो भन्दा ठुलो गुण उहाँको लागि के हुनसक्छ ? त्यसको बदलामा मैले देशलाई जे दिन सके अझै धेरै दिनसकु भन्दै कयौं बलात्कृत छोरी चेलीका मुद्दालाई चिर्दै सर्बोच्च पदको यो आसनलाई उदाहरणीय बनाउन तिर उहाले सोच्न भ्याए जस्तो पट्टक्कै लागेन।

मुलुकमा गरिबी र बेरोजगार त छदैंछ। तर केहि समय देखि महिला हिँसा र बलात्कारको रगत दैनिक रुपमा बगेको छ। यो भन्दा लज्जास्पद र पिडा अरु के हुन्सक्छ एक नेपाली चेलीका लागी ? न्याय हराएको मुलुकका जनता हौँ हामी। फेरी पनि हाम्रै शान-मान र धमाका त्यो पनि अलिसान बसाइ अनि अठार करोडको गाडी ?

ठण्डा दिमागले सोचौ सम्मानीय पदमा रहनेहरुले हाम्रो हैसियत के र कति छ, अरुले कुरी-कुरी गर्नु भन्दा पहिले आफ्नो फरिया र सुरुवाल तल सार्नु उचित हुन्छ र ? कतै यस्तो दुर्दशा नओस मुलुकमा जहाँ, प्रधानमन्त्री, राष्ट्रपतिको महंगा गाडीमा न्याय नपाएका क्षत-विक्षत मानसिक सन्तुलन गुमाउनेहरु ठोक्किन नमरुन।

समग्रहमा परदेशबाटै भएपनि यस्ता सन्देशहरु फेरी पठाउन बाध्य नभई हाम्रा प्रमुख आसीनहरुको श्रद्द्य गुनगान गाएर यी कलम चल्न सकुन। औसत हामी नेपालीको क्षमता, हैसियत, औकात अनि मुलुकप्रतिको प्रेम अबसरबादी नभई सच्चा मुलुकको सारथी हुन सकोस। ऐलेका पुस्ताले गुण्डा-गर्दी र बलात्कारी भएर राजनैतिक आड पाएको जस्तै भोलिका पुस्ताले विलासिताको जिबन बाँच्न राजिनितीको बर्को ओढन नसिकुन !