-तस्विर वेब

नेपालमा १८ सय बालबालिका हराए 

Hollywood Khabar July 11,2019 Comments

२८ असार,काठमाण्डौं।खोजतालस समन्वय केन्द्रले नेपालमा  १८ सय बालबालिका हराइरहेको बताएको छ।चालु आर्थिक वर्षको जेठ मसान्तसम्म देशभरका १८ वर्षमुनिका १८ सय बालबालिका हराइरहेको बालबालिका खोजतालस समन्वय केन्द्र भृकुटिमण्डपको तथ्यांकमा उल्लेख  छ।केन्द्रका प्रहरी निरीक्षक मोहनविक्रम दाहालले जेठ मसान्तसम्म ३२ सय ४ वटा उजुरी परेका र  उजुरी परेकामध्ये १३ सय ९३ बालबालिका भेटिएको जानकारी दिए । १ हजार ८ सय ११ को खोजी जारी रहेको पनि  दाहालले बताए।