तस्बिर वेब

१४९ वर्षपछि गुरु पुर्णिमाकै दिन खण्डग्रास चन्द्रग्रहण

Hollywood Khabar July 14,2019 Comments

३१ असार काठमाण्डौं।आषाढ शुक्ल पूर्णिमाका दिन आज मंगलबार खण्डग्रास(आधा चन्द्रमा ढाक्ने)चन्द्रग्रहण लाग्दैछ। ग्रहणले राति १:४६ बजेदेखि आग्नेय कोण(पूर्व र दक्षिणको बीच) बाट स्पर्श गर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा‍‍.डा रामचन्द्र पोखरेलले जानकारी दिनुभयो।बिहान ३:१५ मा ग्रहणको मध्यकाल हुनेछ।बिहान ४:४५ मा मोक्षकाल अर्थात् ग्रहण सकिने उहाँले बताउनुभयो।

उत्तराषाढा नक्षत्रमा लाग्ने ग्रहण धनु र मकर राशिका लागि कष्टकर हुने शास्त्रीय विश्वास छ।यी दुई राशिले ग्रहण हेर्नु हुँदैन।यसैगरी मेष, वृष, मिथुन, सिंह, कन्या र वृश्चिक राशि हुनेले पनि ग्रहण हेर्न नहुने समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ।

कर्कट, तुला, कुम्भ र मीन राशि भएकाहरुले भने ग्रहण हेर्नुहुन्छ।ग्रहणका समयमा स्नान,दान,श्राद्ध,जप,ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ।ग्रहणका समयमा दीक्षामन्त्र लिन पनि उत्तम मानिन्छ।ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजीकका नदी,ताल,तलाउ,पोखरी र सम्भव नभए घरमै स्नान गर्नु पर्ने‘निर्णय सिन्धु’,‘हेमाद्रि’‘कालमाधव’,‘वीर मित्रोदय’ लगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ।