मन्त्रीपरिषद बैठक द्वारा १४ राजदुत नियुक्तिका लागि सिफारिश

Hollywood Khabar February 19,2017 Comments

आज बसेको मन्त्रीपरिषद बैठकले १४ देशमा राजदुत नियुक्तिका लागि नाम सिफारिश गरेको सरकारले सिफारिस गरेको प्रस्तावित राजदूतहरुको नाम अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्ति हुनेछ कांग्रेस माओवादी केन्द्र, राप्रपा फोरम लोकतान्त्रिकबाट १४ राजदुत सिफारिस गरिएको हो

सिफारिश गरिएका राजदुत हरुमाकाङ्ग्रेस बाट अर्जुनजंगबहादुर सिंह (कोरिया), रमेशप्रसाद कोइराला (कतार), आशा लामा (यूएई), भीम उदास (म्यानमार), चोपलाल भुसाल (बंगलादेश) विश्वम्भर प्याकुरेल (श्रीलंका)को लागि रहनु भएको छ। 

त्यस्तै माओवादी केन्द्रबाट लक्की शेर्पा (अष्ट्रेलिया), महेन्द्रवहादुर सिंह (साउदी अरब), युवनाथ लम्साल (डेनमार्क) पदम सुन्दास (बहराइन)का लागि सिफारिस भएका छन् राप्रपाबाट निरन्जन थापा (इजरायल), प्रतिभा राणा (जापान) भरत रायमाझी (स्पेन)का लागि सिफारिस भएका छन् फोरम लोकतान्त्रिकबाट शर्मिला पराजुुली (ओमान)को लागि सिफारिस भएका छन्

त्यस्तै मन्त्रीपरिषदको बैठकले स्पेनमा नेपाली दुताबास खोल्ने निर्णय गरेको नयाँ स्थापना हुने दुताबासमा पूर्व सहायक रथी भरत रायमाझीलाई राजदूतका लागि सिफारिस गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिनुभयो