तस्बिर साभार वेब

१२ वटा सुन गोहोरोसहित एक प्रहरीद्वारा पक्राउ

Hollywood Khabar August 17,2019 Comments

२ भाद्र विराटनगर।१२ वटा सुन गोहोरोसहित मोरङको सुनवर्षी नगरपालिका-८ बाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ।इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालका अनुसार चेकजाँचका क्रममा दुईवटा झोलामा हालेर साइकलमा राखेर ल्याउँदै गरेको अवस्थामा सुन गोहोरो बरामद भएको हो।सुन गोहोरो संरक्षित सूचीमा परेको घस्रने प्रजातिको वन्यु जन्तु हो।डाइनिया-सिक्टी सडक खण्ड अन्तर्गत छोटी भन्सार कार्यालय अगाडिबाट पथरीशनिश्चरे नगर पालिका-६ हसन्दहका ५९ वर्षीय जसबहादुर धिमाललाई प्रहरीले पक्राउ गरेको हो। 

उनका अनुसार सबै सुन गोहोरो जिउँदै छन्।पक्राउ परेका धिमालले मासु खानका लागि सुन गोहोरो ल्याएको प्रहरीलाई बताएका छन्।दाहालले फेला परेका सुन गोहोरोसहित पक्राउ परेका धिमाललाई आवश्यक कारबाहीका लागि आइतबार डिभिजन वन कार्यालय मोरङमा बुझाइएको बताए।उनले मोरङकै डाइनियातिरबाट समातेर जिउँदै ल्याइरहेको अवस्थामा सुन गोहोरो फेला पारिएको जानकारी दिए। डिभिजन वन कार्यालय मोरङका प्रमुख विशाल घिमिरेले संरक्षित प्रजातिमा रहेका कारण सुन गोहोरो मार्न वा यसको चोरी सिकारी गर्न कानुनले पूर्णरूपमा प्रतिबन्ध लगाएको बताए।यति धेरै संख्यामा गोहोरोसहित पक्राउ परेका व्यक्तिमाथि कारबाही अघि बढाउन अनुसन्धान अधिकृत नै तोकेर अनुसन्धान थालिएको घिमिरेको भनाइ छ।