-तस्विर वेब

अवदेखि १२ पास नगरी विदेशमा पढ्न जान नपाइने 

Hollywood Khabar June 11,2019 Comments

२९ जेठ,काठमाडौं।अवदेखि १२ पास नगरेका विदेशमा पढ्न जान नपाउने भएका छन्।एसईई उत्तिर्ण गरेका विद्यार्थी बंगलादेश, अष्ट्रेलिया, जापान, अमेरिका लगायत देशमा पढ्न जान स्वीकृति (नो अब्जेक्सन लेटर) लिने गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले  १२ पास नगरेकालाईअनुमति दिन रोकेको हो।शिक्षा मन्त्रालयका उपसचिव महेश्वर शर्माले १२ कक्षासम्म माध्यमिक शिक्षा नै भएकोले विद्यालय शिक्षा सकेर उच्च शिक्षा पढ्न चाहने विद्यार्थीलाई अबदेखि १२ कक्षा उत्तिर्ण गरेपछि मात्रै अध्ययन स्वीकृति दिने निर्णय भएको बताए।विदेश पढ्न जाने विद्यार्थीलाई अध्ययन स्वीकृति तथा विदेशी मुद्रा सटही सुविधाका लागि पनि नो अब्जेक्सन लेटर चाहिन्छ।

स्वीकृति लिन चाहने विद्यार्थीले नागरिकताको फोटोकपी र शैक्षिक योग्यताका प्रमाणपत्रजस्ता आवश्यक कागजात बुझाएपछि नो अब्जेक्सन लेटर पाउँथे।मन्त्रालयले विद्यालय तहका विद्यार्थीलाई वैदेशिक अध्ययनमा जान कडाइ गर्न नो अब्जेक्सन लेटर दिने व्यवस्था बन्द गरिदिएको हो।कसैको व्यक्तिगत समस्या देखिएमा परराष्ट्र मन्त्रालय वा राजदूतावासको सिफारिस आए एसईई पढेर डिप्लोमा पढ्न चाहने विद्यार्थीलाई पनि नो अब्जेक्सन लेटर दिन सकिने शर्माले  बताए ।