-गैरआवासीय नेपालीहरुको १० अरबको सामुहिक लगानी समझदारीमा हस्ताक्षर

NRNA:गैरआवासीय नेपालीहरुको १० अरबको सामुहिक लगानी समझदारीमा हस्ताक्षर

Hollywood Khabar March 29,2019 Comments

मिति: २०१९ मार्च ३०

प्रेस विज्ञप्ति

नेपाल सरकारले नेपालको समृद्धिका लागि विशेष महत्वका साथ आयोजना गरेको लगानी सम्मेलनको अवसरमा गैरआवासीय नेपाली संघ र नेपाल सरकारबीच नेपाल सरकारको समृध्द नेपाल र सुखी नेपाली अभियानमा गैरआवासीय नेपालीहरुको सहभागिताका निम्ति एउटा सामुहिक लगानी कोष खडा गर्ने विषयमा एक समझदारी पत्रमा आज हस्ताक्षर भएको छ ।

यो लगानी कोष स्थापनाका लागि नेपालको प्रचलित कानुन अनुसार कम्मनी खडा गरिने छ। प्रारम्भिक चरणमा रु. १० अरव लगानी भित्र्याउने प्रतिवध्दता सहित समझदारी भएको छ ।

यस कोष मार्फत नेपाल सरकारको प्राथमिकतामा परेका आयोजना तथा समग्र नेपालीको हितमा रहने साना ठूला परियोजनाहरुमा लगानी गरिने छ। यस समझदारीको आधारमा स्थापना हुने कम्पनीले गैरआवासीय नेपाली संघको संजालको उपयोग गरी राष्ट्र निर्माणको अभियानमा समस्त गैरआवासीय नेपालीहरुलाई सहभागिताको अवसर उपलब्ध गराउने संघले प्रतिवध्दता व्यक्त गरेको छ ।

समझदारी पत्रमा नेपाल सरकारका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय उद्योग विभागका महानिर्देशक श्री विनोद प्रकाश सिंह र संघका तर्फबाट अध्यक्ष भवन भट्टले हस्ताक्षर गर्नु भएको हो ।

राष्ट्रिय महत्वको यस लगानी सम्मेलनका अवसरमा गैरआवासीय नेपाली संघको प्रस्ताव अनुसार कोष निर्माणका लागि अनुकुल वातावरण र परिस्थिति सिर्जना गरिदिने सरकारको प्रतिवद्धता साथ समझदारीमा हस्ताक्षर समेत हुन सकेकोमा गैरआवासीय नेपाली संघ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय लगायत समग्र नेपाल सरकारप्रति हार्दिक आभार प्रकट गर्दछ ।

भूषण घिमिरे

प्रवक्ता

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद